राष्ट्रपतिको चीन भ्रमण खर्च ९० लाख

चैत्र १८,काठमाडौ- मुलुकका उच्चपदस्थ कर्मचारी विदेश जान लर्को लागिरहेका छन् । सेनादेखि प्रहरीका हाकिमहरु त्यताको शयरमा व्यस्त छन् ।

विभिन्न बहानामा मन्त्रीहरु विदेशयात्रा गरिरहन्छन् । यसमा कति खर्च भइरहेको छ कसैलाई पत्तो छैन् । एकमुष्ट हिसाब-किताब छैन् । हाम्रा प्रधानमन्त्री विदेश भ्रमणमा जाँदा उनले राज्यबाट दैनिक भ्रमणभत्ताबापत दुई सय डलर पाउँछन् । तर, राष्ट्रपतिले चाहिँ पहिले राजाले पाउनेझै दैनिक चार सय ५० डलर पाउने गरेका छ ।
त्यसबाहेक उनले त्यहाँका समकक्षीलाई टक्र्याउने उपहार, कतिपयलाई दिने बक्सिस र त्यहाँको यातायात तथा सभा-समारोहका लागि हुने खर्च अलग्गै हुन्छ ।
आज सकिने राष्ट्रपतिको चीन भ्रमणमा मात्र ९० लाख खर्च भएको छ । त्यतिको खर्च नहोस पनि किन् । आतिथ्यता गर्ने राष्ट्रले ८ जनाको खर्च व्योहोर्ने गरी निम्ता गर्‍यो तर यताबाट गयो १० जना थपेर १८ जनाको टोली । त्यसो भएपछि १० जनाको खर्च नेपालले नै बन्दोबस्त गर्नुपर्ने भयो ।
राष्ट्रपतिले कामका मान्छेसँगै बेकामकै भए पनि छोरी, पीए, सल्लाहकार कसैलाई पनि छुटाएनन् । त्यसो त चीनले यसपाली १४ अर्ब सहयोग गरेको हुँदा ९० लाख खर्च ओझेलमा पनि पर्न सक्छ ।