स्वीजरल्याण्डमा जारी ६ शक्ति राष्ट्रको वार्ता आजसम्म

चैत्र १७,काठमाडौ- इरानको आणविक कार्यक्रमका बिषयमा स्वीजरल्याण्डमा जारी ६ शक्ति राष्ट्रको वार्ताबाट रसिया अलग भएको छ ।आजसम्ममा सम्झौता गर्ने भनिएको निर्णायक वार्ताबाट रुषका बिदेशमन्त्री सार्गेई लाबरोभ बाहिरिएको अन्तर्रा्ष्ट्रिय संचारमाध्यमले जनाएका छन् ।

रुसी बिदेशमन्त्रालयका प्रबक्ताले मंगलबारसम्ममा सार्थक वार्ता हुने संभावना भए आफुहरु फर्कन तयार रहेको बताउनु भएको छ । जारी वार्तामा संयुक्त राष्ट्रसंघका ५ स्थायी सदस्यहरु सहित जर्मन सहभागी छ ।