स्मरणीय बन्दै छ “स्मरण”

काठमाडौ- नेपाली साङ्गीतिक आकाशमा आफुलाई स्थापित गराउन आफ्नो पहिलो एल्बमको साथमा आउनै लागेका छन रचनाकार एस. टि. स्मरण (सुरेन्द्र थपलिया स्मरण) । सङ्गीतकार राम सिटौलाको एकल सङ्गीतमा र स्मरणको एकल शब्दमा “स्मरण” नामक एल्बम अबको केही दिनमै बजारमा आउने छ । एल्बममा दर्शक श्रोताले निक्कै रुचाईएका गाएक गाईकाको आवज रहेको छ । यसै बिच एल्बमको दुईवटा गीत भने भिडियोमा पनि हेर्न पाईने भएको छ ।

प्रमोद खरेलको आवाजमा रहेको गजल गीतमा नाईका स्मिता थपलिया, रुपा खनाल र मोडल (हिरो) राजन खतिवडाले अभिनय गरेका छन् । ´कत्ती आए कत्ती गए शहरले सुनयो पिउदा पिउदै कत्ती मरे जहरले सुनयो` बोलको यो गजलमा युवायुवती कसरी कुलतमा फस्न सक्छन् भनेर देखाईएको छ । ´मुटु दुख्यो बेसरी बेसरी तिमी टाढा सरेछी यस्तै हुदो रैछ सानू चोखो माया गरेपछि` रजिना रिमालको आवाजमा रहेको यो गीतमा भने नयन राज पान्डे, राजन थपलिया र अनिता श्रेष्ठले अभिनय गरेका छन् । यो गीतमा प्रेममा कसरी पीडा हुन्छ भनेर देखाईएको छ । विभिन्न चलचित्रमा निर्देशन गरेका अनुभवी निर्देशक रुपेश उप्रेतीले निर्देशन गरेको दुबै म्युजिक भिडियोको छायांकन भने जनक राज अधिकारीले गरेका हुन । सम्पादनको क्रममा रहेको दुबै म्युजिक भिडियो अब छिट्टै दर्शक माझ आउने छ ।