स्वाइनफ्लु पीडित एमाले नेता ढकाललाई उपचारका लागि भारत लगिंदै

चैत्र १६,काठमाडौ- स्वाइन फ्लुको संक्रमण भएर अस्वस्थ हुनुभएका नेकपा एमालेका पोलिटब्यूरो सदस्य रामनाथ ढकाललाई थप उपचारका लागि आज भारत लगिने भएको छ ।

हिजो नै एअर एम्बुलेन्सबाट भारतको एपोलो अस्पताल लैजाने तयारी भए पनि भारतको मौसम खराब भएका कारण हिजो लैजान नसकिएको हो ।
आज पनि बिहान ११ बजेपछि मात्र सुधार आउन सक्ने र मौसममा सुधार भएपछि एअर एम्बुलेन्सबाट भारत लगिने एमाले वैकल्पिक केन्द्रीय सदस्य रचना खड्काले जानकारी दिनुभयो । ढकाल शुक्रबारदेखि धापासीस्थित ग्राण्डी अस्पतालमा उपचाररत हुनुहुन्छ ।