एएफसी छनौट फुटबल खेलमा नेपाल साउदी अरेवियासँग ६–० ले पराजित

चैत्र १५,काठमाण्डौ- नेपाल २३ बर्षमुनिको एएफसी छनौट फुटबल खेलमा लगातार तेश्रो पटक पराजित भएको छ । इरानमा भइरहेको प्रतियोगितामा नेपाल साउदी अरेवियासँग ६–० को फराकिलो अन्तरले पराजित भएको हो । साउदी अरेवियाविरुद्ध नेपालले पुर्ण रुपमा रक्षात्मक खेल खेलेको थियो ।

पहिलो हाफमा ३ गोल खाएको नेपालले दोश्रो हाफमा पनि ३ गोल खाएको थियो । साउदी अरेवियाले पहिलो हाफको २२ ,२८ र ४५ तथा दोश्रो हाफको ६३, ७७, र ८६ मिनेटमा गोल गर्‍यो ।
नेपालले यसअघि इरानसँग ५–० र अफगानिस्तानसँग २–० ले खेल हारेको थियो । लगातर तीन खेलमा पराजित भएपछि नेपालको प्रतियोगिताको अघिल्लो चरणमा पुग्ने संभावना सकिएको छ ।