प्रेम सम्बन्ध विफल भएपछि को–पाइलटले विमान दुर्घटना गराएको खुलासा

चैत्र १३ , काठमाण्डौं – प्रेम सम्बन्ध विफल भएपछि निराश बनेका को–पाइलटले जर्मन विंग्सको विमान दुर्घटना गराएको खुलेको छ ।२८ वर्षीय एन्ड्रियाज लुबिट्स व्यक्तिगत सम्बन्ध बिग्रिएपछि तनावमा रहेको तथ्य फेला परेको ‘डेलिमेल’ले जनाएको छ ।यसअघि फ्रान्सेली अधिकारीहरुले पनि को पाइलटले नै जानीजानी विमान दुर्घटना गराएको दाबी गरेका थिए । दुर्घटनाग्रस्त विमानको ‘ब्ल्याक बक्स’को अनुसन्धानबाट फ्रेन्च अधिकारीहरु यस्तो निश्कर्षमा पुगेका हुन् ।लुबिट्सले विमान नष्ट गर्न चाहेको देखिएको फ्रान्सका अधिकारीहरुको दाबी थियो । ब्ल्याक बक्सको रेकर्ड भएको डाटाबाट ककपीटबाट बाहिर निस्केका पाइलटलाई को–पाइलटले पुनः ककपीटमा छिर्न नदिइ भित्रबाट ढोका बन्द गरेर आफूले एउटा बटन थिचेको र त्यसलगत्तै विमान दुर्घटनामा परेको अनुसन्धानकर्ताहरुले जनाएका छन् ।ुएभिएसन डाटा फलोु गर्ने वेबसाइटका अनुसार ३८ हजार फिटमा सेट गरेर ुअटोपाइलटुमा छाडिएको विमानलाई नियतवश एक सय फिटको उचाईमा ‘रिप्रोग्रामिङ’ गरेर छाडेको पाइएको छ ।लुफ्थान्साका सीइओले सुनियोजित ढंगले विमान दुर्घटना गराएको घटनाबाट आफूहरु अवाक् भएको प्रतिक्रिया दिएका छन् । घटनाको छानबिनका लागि फ्रेन्च अधिकारीहरुले अमेरिकी संघीय जाँच ब्यूरोसँग सहायतासमेत मागेका छन् एजेन्सी