धनुषामा ८ वर्षीया बालिका बलात्कृत

चैत्र १३ ,धनुषा- बारामा पूजा साहको बलात्कार पश्चात हत्या भएको घटना सेलाउन नपाउंदै धनुषामा पनि ८ वर्षीया एक बालिका बलात्कारको शिकार भएकी छन् ।जिल्लाको उत्तरी क्षेत्र मिथिला नगरपालिका वडा नम्बर ७, बेंगाडावरकी एक ८ वर्षीया बालिका बलात्कृत भएकी हुन् । बलात्कार गर्ने स्थानिय ५२ वर्षिय धनबहादुर तामाङलाई प्रहरीले पक्राउ गरेको छ ।

घरमा एक्लै बसेको बेला तामाङले बालिकालाई बलात्कार गरेको प्रहरीले जनाएको छ । बालिकालाई २० रुपैयाँको लोभ देखाएर तामाङले जवरजस्ती बलात्कार गरेको जनाइएको छ ।बलात्कारमा परेकी बालिकालाई उपचार पछि घर फर्काइएको छ । परिवारजनले प्रहरीलाई बलात्कार सम्बन्धी जानकारी गराएपछि इलाका प्रहरी कार्यालयबाट खटेको टोलीले तामाङलाई पक्राउ गरेको थियो । तामाङलाई थप अनुसन्धानको लागि इलाका प्रहरी कार्यालय ढल्केवरमा राखिएको छ