विश्वकप चेस छनोट प्रतियोगिता

चैत्र १३, काठमाण्डौं—विश्वकप चेस छनोट प्रतियोगिता अन्र्तगत जोनल थ्रि पोईन्ट टु चेस च्याम्पीयनसिप आजबाट सुरु हुँदै छ । विश्वकप छनोटकालागी नेपालले पहिलो पटक छनोट प्रतियोगिता आयोजना गरेको नेपाल वुद्धीचाल संघले जनाएको छ । प्रतियोगितामा फिडे थ्रि पोईन्ट टु जोनमा पर्ने एसियाका नेपाल, माल्दिभ्स, श्रीलंका, बंगलोश, भुटान र पाकिस्तानका खेलाडिले प्रतिष्पर्धा गर्ने भएका छन्। च्याम्पीयनसीपमा महिला तर्फ १६ र खुल्ल तर्फ २९ जना खेलाडि रहेका छन् । छनोट प्रतियोगीतको विजेताले विश्वकपमा सहभागि हुन पाउँने छ भने अन्र्तराष्ट्रिय मास्टर उपाधी समेत प्राप्त गर्ने छ ।