गोली प्रहार गरी १ लाख २५ हजार रुपैंया लुटियो

चैत १२, काठमाडौँ- सुर्खेतको पोखरीकाँडा गाविसको रेन्जरमारेमा जीपका चालकलाई गोली प्रहार गरी १ लाख २५ हजार रुपैंया लुटिएको छ । बाबियाचौरबाट वड्डिचौरतर्फ छुटेको बा ८ च ९१०८ नम्वरको जीवका चालक पूर्णप्रसाद लामिछानेलाई गोली हानी रकम लुटिएको हो । सामान बेचेर फर्किदै गर्दाबवाटोमा ढुँगा राखेर अवरोध गरिएको र ढुंगा हटाएर जीप अघि बढाउँदा चालकमाथि गोली प्रहार गरिएको हो ।

दुई जनामध्ये माक्स लगाएको व्यक्तिले जीप रोक्न भनेको र जीप नरोकेपछि फाइरिङ गरेको जीप चालक लामिछानेले बताउनुभयो । जीप छेडेर बायाँ खुट्टाको गोली गाँठोमा लागेको गोली अप्रेसनपछि निकालिएको चालकका दाई रामप्रसाद लामिछानेले बताउनुभयो । घाइते चालक लामिछानेको अहिले मध्यपश्चिम क्षेत्रीय अस्पतालमा उपचार भैइरहेको छ ।घटनामा संलग्न व्यक्तिहरुको व्यापक खोजी भैइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।