सुनसरीको सोनपुरस्थित जुटमिलमा भिषण आगलागी

चैत ११, विराटनगर- सुनसरीको सोनपुरस्थित अर्यन्त मल्टिफाइबर (जुटमिल) को परिसरमा भीषण आगलागी भएको छ । परिसरभित्र बिहान ११ बजेदेखि सुरु भएको आगलागी अहिलेसम्म नियन्त्रणमा नआएको सो उद्योगका प्रबन्धक गोविन्द बजगाइँले जानकारी दिनुभएको छ ।

आगलागी नियन्त्रणका लागि इटहरी, धरान, इनरुवा र विराटनगरका दमकल प्रयासरत रहेका छन् । उक्त आगलागीबाट अहिलेसम्म रु १५ लाख बढीको क्षति भएको प्रबन्धक बजगाइँले बताउनुभयो । “आगो गोदामतर्फ सल्कयो भने ठूलो परिमाणमा क्षति हुने देखिन्छ” उहाँले भन्नुभयो । आगलागी कसरी भयो भन्ने सम्बन्धमा जानकारी नभएको बताइएको छ ।