सरकारले उखुको मूल्य नतोकेको किसानको गुनासो

चैत ११, नवलपरासी-खेतमा उखु काटेर सकिएसँगै चिनी उद्योगहरुले उत्पादन बन्द गरिसके पनि नवलपरासीका किसानहरुले भने अहिलेसम्म भुक्तानी पाएका छैनन । उखु सुक्ने भएकाले किसानहरुले चैतको पहिलो साताभित्र खेतबाट उखु काटिसक्नु पर्ने बाध्यता रहेको छ । यसवर्ष भुक्तानी कै कारण उखु कम लगाएपछि उत्पादन पनि कमि आएको थियो । जसका कारण किसानहरुले फागुनको तेस्रो साता मै खेतबाट उखु काटिसकेका छन् । उखु काटेर सकेको १५ दिन भईसक्दा पनि मूल्य नतोकिएपछि आन्दोलनको विकल्प नरहेको उखु उत्पादक कृषक समितिका अध्यक्ष उमेश यादवले बताउनुभयो । आन्दोलनको तयारीका लागि उनीहरुले किसानहरुको भेलासमेत गरेका छन् । घोषित कार्यक्रममा राजमार्गमा बिरोध कार्यक्रमदेखि आमरण अनसन सम्मका छन् ।