ओखलढुंगामा मात्रै २४ जना क्षयरोगीले नियमित औषधी सेवन गर्दै

चैत ११, ओखलढुंगा-जिल्ला स्वास्थ्य कार्यालयको तथ्याङ्क अनुसार ओखलढुंगामा २४ जना क्षयरोगीले नियमीत औषधी सेवन गरिरहेका छन् । उनीहरु मध्ये १३ जनामा सर्ने र ११ जनामा नसर्ने क्षयरोगको संक्रमण भेटिएको हो । विगतको तुलनामा केहि संक्रमितको संख्या बढे पनि उपचारबाट ठिक हुने क्रम पनि बढेको जिल्ला स्वास्थ्य प्रमुख ज्ञानबहादुर बस्नेतले बताउनुभयो । उहाँका अनुसार संक्रमीत मध्ये १९ जनाले ओखलढुंगा सामुदायिक अस्पताल र अन्य ५ जनाले जिल्ला स्वास्थ्य कार्यालय मातहतका स्वास्थ्य संस्थाबाट औषधी सेवन गरिरहेका छन् ।

जिल्लामा जिल्ला अस्पताल रुम्जाटार, सामुदायिक अस्पताल र रानीवन प्राथमिक स्वाथ्य केन्द्रमा मात्रै खकार परिक्षण हुने भएकाले जिल्लाका सबै क्षयरोग संक्रमीतहरुको पहुँच स्वास्थ्य संस्था सम्म पुग्न नसक्दा समस्या हुने गरेको स्वाथ्य चौकि प्राप्चाका प्रमुख मित्र मिनु ढकालले बताउनुभयो । यसैबीच आज १ सय ३४ औँ विश्व क्षयरोग दिवस ओखलढुंगामा पनि मनाइएको छ ।