लुम्बिनी अस्पताल अब शैक्षिक प्रतिष्ठान

चैत ९ बुटवल-बुटवलमा रहेको लुम्बिनी अञ्चल अस्पताल शैक्षिक संस्थानको रुपमा प्रयोग हुने भएको छ । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पताल र लुम्बिनी अञ्चल अस्पतालका बीचमा लुम्बिनी अञ्चल अस्पताललाई पनि चिकित्सा शास्त्रको शैक्षिक संस्थानको रुपमा प्रयोग गर्ने गरी समझदारी पत्रमा हस्ताक्षर भएको अस्पतालका लक्ष्मीराज रेग्मीले बताए । चार वर्षका लागि गरिएको समझदारी पत्रमा लुम्बिनी अञ्चल अस्पतालको तर्फबाट विकास समितिका अध्यक्ष डा प्रायश्चित श्रेष्ठ र मेडिकल सुपरिटेन्डेन्ट डा तारानाथ पौडेल तथा वीरका तर्फबाट डिन प्राध्यापक डा यहुनचन्द्र सिवाकोटीले हस्ताक्षर गरेका छन् । समझदारीअनुसार सम्झौता भयो भने चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान ऐनअनुसार पाउने सहुलियत र सहयोग सो प्रतिष्ठानबाट लुम्बिनी अञ्चल अस्पतालले पाउने छ ।