अमेरिका भागेपछि यमनको तेस्रो ठुलो सहर विद्रोहीको कब्जामा

चैत्र ९,यमन- यमनको तेस्रो ठुलो सहर ताइजमा शिया विद्रोहीहरुले कब्जा गरेका छन् । यमनका सुरक्षा अधिकारीहरुका अनुसार विमानस्थलसमेत रहेको देशको सबैभन्दा ठुलोमध्ये तेस्रो सहर हुथी विद्रोहीले आफ्नो नियन्त्रणमा लिएको हो ।यमनमा पछिल्लो समय हुथी विद्रोही अल कायदा र इस्लामिक स्टेटको आक्रमण तिब्र बनेको छ। शनिबार अमेरिकाले यमनमा सुरक्षा अवस्था बिग्रेको भन्दै आफ्नो सैन्य दस्ता फिर्ता बोलाएको थियो ।

हुथी विद्रोहीहरुले विमानस्थल नियन्त्रणमा लिएका छन् । उनीहरुले दर्जनौ ट्याङ्क र बख्तरबन्द गाडीका साथ ताइज सहर कब्जा गरेर दक्षिणतर्फ अघि बढेका छन् ।
रणनीतिक रुपमा महत्वपूर्ण ताइज सहर राजधानी सना र दक्षिणी सहर अदनको बिचमा पर्दछ । यता संयुक्त राष्ट्रसंघले यमनमा बिग्रदो सुरक्षा स्थितिका विषयमा छलफल गर्न सुरक्षा परिषदको बैठक बोलाएको छ। एजेन्सी