प्राध्यापक डाक्टर गोविन्द केसी आजबाट पुन अनशनमा

चैत्र ८, काठमाण्डौ—सरकारले मेडिकल कलेजको सम्बन्धन लगायतका विषयमा भएको सम्झौता पूरा नगरेको भन्दै प्राध्यापक डाक्टर गोविन्द केसीले आजबाट पुन अनशन सुरुगर्दै हुनुहुन्छ ।
१० बुँदे माग सम्बोधन नगरेको भन्दै सरकारलाई १० दिने अल्टिमेटम दिनु भएका डा.केसि लेपुन अनसान थाल्नुु हुने भएको हो । मुलुकमा चिकित्सा शिक्षा र सेवाको गुणस्तर बृद्धिलगायत सवैको पहुच सुनिश्चित गर्न संघर्षरत डा.केसीले १० बुदे माग सार्वजनिक गरेर आमरण अनसन बस्ने घोषणा गर्नुभएको हो् ।
डा. केसीले सरकारले पटकपटक सम्झौता गर्ने, तर कार्यान्वयनमा भने चरमउदासिनता र लापरवाही देखाएकाले आफू अनसन बाध्य बताउनुभयो । चिकित्सा शिक्षा नीति, चिकित्सा विश्वविद्यालय निर्माण नभएसम्म कुनै पनि नयाँ मेडिकल कलेजलाइ सम्बन्धन नदिने नीति कायम राख्नुपर्ने उहाको प्रमुख मागमध्ये एक हो ।