शीर्ष नेता नेता र राष्ट्रपति यादबविच भेटवार्ता

चैत्र ८, काठमाण्डौ—संविधानसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका शीर्ष नेताहरूलाई छलफलका लागि राष्ट्रपति डा. रामवरण यादवले बोलाउनु भएको छ । राष्ट्रपति कार्यालयले पत्र लेखेर संविधानसभामा तीनभन्दा बढी सभासद्को प्रतिनिधित्व गर्ने राजनीतिक दलका अध्यक्षहरूलाई छलफलका लागि बोलाउनु भएको हो । अपराहन्न ४ बजेका लागी तए भएको छलफलमा संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङसमेत सहभागी हुनुहुनेछ ।
छलफलमा प्रमुख तीन दलका तर्फबाट भने अध्यक्षसहित तीन÷तीन जनालाई आमन्त्रण गरिएको छ । नेपाली काँग्रेसका तर्फबाट प्रधानमन्त्री एवम् सभापति सुशील कोइराला, वरिष्ठ नेता शेरबहादुर देउवा, उपसभापति रामचन्द्र पौडेल, नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ नेता झलनाथ खनाल र नेता माधवकुमार नेपाललाई बोलाइएको छ । यस्तै, एकीकृत नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेता डा बाबुराम भट्टराई र उपाध्यक्ष नारायणकाजी श्रेष्ठलाई आमन्त्रण गरिएको  छ ।
राष्ट्रपति यादवको यही चैत १२ गते देखि १८ गतेसम्म हुन लागेको चीन भ्रमणलाई केन्द्रित गरेर दलहरुलाई छलफलका लागि आमन्त्रण गरिएको हो । छलफलमा राष्ट्रपतिले संविधान निर्माण प्रक्रिया अघि बढ्न नसकेकोबारे नेताहरुको ध्यानाकर्षण समेत गराउने तयारी गर्नुभएको छ ।