नेपाल बार एसोसियसनको १३ औं राष्ट्रिय आज सम्पन्न हुने

चैत्र ७, काठमाण्डौ—नेपाल बार एसोसियसनको १३ औं राष्ट्रिय सम्मेलन चितवन घोषणा पत्र जारी गर्दै आज सम्पन्न हुने भएको छ । चितवनको रत्ननगरमा ५गतेबाट सुरु भएको सम्मेलन कानुन,न्याय, सविधानसभा तथा संसदीय मामिला मन्त्रीको प्रमुख आतिथ्यता आज सम्मपन्न हुने भएको हो । तिनदिने सम्मेलनमा न्याय र कानुनसंग सम्वन्धीत नौ वटा क्षेत्रका विभिन्न विषयहरुमा कार्यपत्र प्रस्तुत भई समुहगत छलफल भएको छ । सम्मेलनमा लोकतान्त्रिक संविधानका अन्तरवस्तुहरु र तीनको विवेचना, न्यायपालिका र कार्यपालिकासंग सम्वन्धीत काम कारवाहीको समिक्षा, आर्थिक विकास, वाणिज्य कानुन र पेशागत दक्षता लगायतका विषयमा छलफल गरी निष्कर्ष निकालेर घोषणा पत्र जारी गरिने बारका अध्यक्ष हरिकृष्ण कार्कीले जानकारी दिनुभयो । सम्मेलनमा देशभरका ३ हजारभन्दा वढि कानुन व्यवसायी, सहभागि छन् ।