सुनको भाउ ६ सय रुपैयाँ बढ्यो

चैत्र ५, काठमाडौं- विहिबार सुन तोलामा ६ सय रुपैयाँले बढेर कारोबार भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले विहिबारका लागि प्रतितोला सुनको मूल्य ५० हजार सात सय रुपैयाँ निर्धारण गरेको छ । बुधबार सुन तोलामा एक सय ५० रुपैयाँले घटेर ५० हजार एक सय रुपैयाँमा कारोबार भएको थियो ।

विहिबार चाँदीको मूल्य पनि बढेको छ । बुधबार प्रतितोलाको ६ सय ७५ रुपैयाँमा कारोबार भएको चाँदी विहिबार तोलामा १० रुपैयाँले बढेर तोलाको ६ सय ८५ रुपैयाँमा कारोबार भएको छ ।