जापानका लागि अमेरिकी राजदुतलाई ज्यान मार्ने धम्की

चैत ४, काठमाडौं- जापानका लागि अमेरिकी राजदुत कारोलिनी केनिडीलाई अज्ञात व्यक्तिले ज्यान मार्ने धम्की दिएको खुलासा भएको छ। पटक पटक फोन गरि गत फ्रेव्रुअरी महिनामा राजदुत केनिडीलाई एक व्यक्तिले मार्ने धम्की दिएको जापानी संचार माध्यमहरुले जनाएका छन ।

अंग्रेजीमा कुरा गर्न सक्ने सो अज्ञात व्यक्तिले राजदुत सहित ओकिनावा क्षेत्रमा कार्यरत काउन्सिलर अल्फ्रेड आर माग्लेवाईलाई समेत मार्ने धम्की दिएको समाचारमा जनाइको छ।यसैवीच टोकियो स्थित मिनातो वार्डमा रहेको अमेरिकी राजदुतावासले यस विषयमा केही खुलाउन नचाहेको बताइएको छ। एजेन्सी