निमिषा ले भनिन् “तिमी मात्र हैन मलाई माया गर्ने…”

काठमाडौ- नेपाली साङ्गीतिक आकाशमा नयाँ प्रतिभाको आगमन हुने क्रम बढ्दो छ । चाहे शब्द रचना होस या सङ्गीत अथवा गाएन नै किन नहोस् ! गीत-सङ्गीतको क्षेत्रमा आउन चहानेहरु धेरै छन् । नवप्रबेशिको भिडमा साङ्गीतिक आकाशको चम्किलो नक्षेत्रको रुपमा रुपमा नव-गाईका निमिषा त्रिपाठि श्रोता, दर्शक माझ आउने भएकी छन् । उनले गाएको गीतमा जिन्दगीमा माया गर्ने धेरै मानिसहरु आउछन एउटा मात्र हैन । एउटा मानिस टाढा भएपनी आफू एक्लो भईन्न भन्ने भाव समेटिएको छ ।

”तिमी मात्र हैन मलाई माया गर्ने, छाडेर जाउ एक्लो हुदिन हासेकै छु म कहिले रुदिन…” भन्ने बोलको गीत आफ्नो पहिलो एल्बम ‘स्मरण’ को काम सकेर बिमोचनको तयारीमा जुटेका रचनाकार एस. टि. स्मरण (सुरेन्द्र थपलिया स्मरण)को रचना र रजु एण्ड राई को सङ्गीतमा तयार पारिएको हो । आफ्नो जीवनको पहिलो गीत निमिषाले निक्कै मेहनत गरेर गाएकी छन् ।

नयाँ तर निक्कै मेहनती भएकै कारण यो गीत निमिषाले गाएकी हुन रचनाकार सुरेन्द्र ले भने । निमिषाले पनि आफ्नो सांगीतिक जीवनमा थोरै तर निक्कै उत्कृष्ट गीतहरु मात्र गाउने योजना बनाएकी छिन् । लोक-पप, रोमान्टिक, आधुनिक, सेन्टिमेन्ट, जुन सुकै बिधाको पनि गीत गाउन सक्ने उनी सङ्गीतमा साधनाको खाचो छ भन्छिन । गीतले भने झै श्रोता र दर्शकको माया निमिषा र एस. टि. स्मरण ले कत्तिको पाउछन् त्यो भने हेर्न बाकी नै छ ।