विश्वकप छनोटमा आज नेपालले भारतलाई हराउँने रणनिती

चैत ३, काठमाडौ-विश्वकप फुटबल २०१८ को प्रारम्भिक छनोटको दोस्रो तथा होम लेगमा नेपाल र भारतविच आज प्रतिष्पर्धा हुने भएको छ । आजको खेलमा नेपाल निर्धारित समयमा भारतविरुद्ध दुई गोल गर्ने रणनीतिसाथ मैदानमा उत्रने भएको छ ।
दशरथ रंगशलामा दिउँसो हुने खेलमा नेपालले निर्धारित समयमा गोल नखाई दुई गोल गर्ने र त्यसपछि अतिरिक्त समयमा खेल आफ्नो पक्षमा पार्ने रणनीति बनाएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले गरेको पत्रकार सम्मेलनमा नेपाली टिमका प्रशिक्षक ज्याक स्टेफानोस्कीले गोल नखाने र दुई गोल गर्ने रणनीति महत्वकांक्षी भएपनि घरेलु मैदानमा सम्भव रहेको बताउँनु भयो ।
भारतको गुवाहटीमा भएको पहिलो लेगमा नेपाल भारतसित २–० गोलले पराजित भएको थियो । नेपालले अघिल्लो चरणमा पुग्न गोल नखाई कम्तिमा तीन गोल गर्नुपर्छ ।