जाग्यो नेप्से, नक्कली कारोबार गर्नेलाई अब नछाड्ने

चैत २, काठमाडौं-  नेपाल स्टक एक्सचेन्ज लिमिटेड नेप्सेले नक्कली सेयर प्रमाणपत्रको कारोबार भएको भन्ने विषयप्रति गम्भीर चासो व्यक्त गर्दै कडा कारबाही गर्ने जनाएको छ । नेप्सेका प्रवक्ता शम्भुप्रसाद पन्तले खरिद बिक्री आदेश तथा दाखिल खारेज फारम राम्ररी भर्ने, धितोपत्र कारोबार बैंकिङ प्रणालीमार्फत चेकबाट गर्ने लगायतका सतर्कता अपनाउन अनुरोध गरेका छन् ।

नेप्सेले आज प्रेस विज्ञप्ति जारी गरी नेपाल धितोपत्र बोर्ड, सम्पूर्ण सेयर दलाल व्यवसायी तथा नेपाल प्रहरी समेतको समन्वयमा छानविन अगाडि बढाएको स्पष्ट पारेको छ । नेप्सेले सम्पूर्ण लगानीकर्तालाई सेयर कारोबार गर्दा आवश्यक कागज नियमानुसार राख्न अनुरोध गर्दैै छानविन पश्चात दोषी ठहर हुनेलाई प्रचलित नियमकानुनअनुसार कारबाही गर्ने प्रतिवद्धता व्यक्त गरेको छ ।