आज पनि दिनभर नै मौसम बदली भोलिदेखि सुधार हुने

चैत २, काठमाडौं- काठमाडौं उपत्यका सहित देशभर मौसम बदली छ । साेमबार दिनभर नै मौसम बदली हुने जल तथा मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार पश्चिमी क्षेत्रमा मध्यम र काठमाडौं सहित मध्य क्षेत्रमा हल्का वर्षा भएको छ । पश्चिमी वायुको प्रभावले मौसम बदली भएको र मंगलबारदेखि मौसममा सुधार आउने मौसमविद मिनकुमार अर्यालले जानकारी दिनुभयो ।