बिद्याले हुन्छ भनेपछि ओलीले बामदेवलाई दिए मौखिक जिम्बेवारी

चैत १, काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी ओलीले आफ्नो कामको जिम्मेवारी मौखिक रुपमा बरिष्ठ उपाध्यक्ष बामदेव गौतमलाई दिएका छन् । स्रोतका अनुसार पार्टीका तर्फवाट दलहरुसँग हुने वर्ताको संयोजन गर्न मौखिकरुपमा गौतमलाई जिम्मेवारी दिएका हुन् ।

अस्थताका कारण आफू दलहरुसँगको वार्तामा बस्न नसकेपछि ओलीले अर्की उपाध्यक्ष विद्या भण्डारीसँग सल्लाह गरेर गौतमलाई जिम्मेवारी दिएको बुझिएको छ । ओलीले संसदीय दलको नेता बन्नुअघि ओली र गौतमबीच ओली पार्टी अध्यक्षमा निर्वाचित भएपछि दलको नेता गौतमलाई दिने गोप्य सहमति भएको थियो । तर, त्यो सहमति कार्यन्वयन नहुँदा असन्तुष्ट बनेका गौतमलाई खुसी पार्न ओलीले अहिले आफूले गर्ने कामको जिम्मा दिएको स्रोतको दावी छ ।