अष्ट्रेलियाद्वारा स्कटल्याण्ड ७ विकेटले पराजित

फागुन ३०,काठमाडौँ- विश्वकप अन्तर्गतको अर्को खेलमा अष्ट्रेलिया विजयी भएको छ । अष्ट्रेलियाको होबार्टमा भएको खेलमा स्कलल्याण्ड ७ विकेटले पराजित भयो ।एक सय ३१ रनको झिनो चुनौती पछ्याएको अष्ट्रेलियाले २ सय ८ बल बाँकी छँदै जित निकालेको हो ।अष्ट्रेलियाले १५ ओभर २ बलमा ३ विकेट गुमाउदै १ सय ३३ रन बनायो ।

यसअघि, स्कटल्याण्डले २५ ओभर ४ वलमा अलआउट हुनु पूर्व एक सय ३० रन मात्र जोड्न सक्यो ।घरेलु टोली अष्टेलियाले टस जितेर फिल्डीङ रोजेपछि स्कटल्याण्डले पहिले व्याटिङ गरेको हो ।

अष्ट्रेलियाका माट मचानले ४० तथा जश डेभियले २६ रनको योगदान दिए । मिचेल लिएस्कले नटआउट २३ रन जोड्दा कालुम म्याक्लिओडले २२ रन जोडे ।स्टकटल्याण्डलाई सस्तैमा समेट्ने क्रमममा अष्ट्रेलियाका मिट्चेल स्टार्कले एक्लैले ४ विकेट लिए । यस्तै, पाट कुम्मीन्सले तीन विकेट झारे ।जारी विश्वकपमा समुह बी मा रहेको भारत समुह विजेता बन्दै क्वाटरफाईनलमा पुगिसकेको छ भने जिम्बाबे समुह चरणबाटै बाहीरीसकेको छ ।
उता समुह ए मा रहेको अष्ट्रेलिया पनि क्वाटरफाईनलमा प्रवेश गर्दा स्कटल्याण्ड समुह चरण पश्चात घर फर्कने निश्चित भईसकेको छ ।
यस्तोमा आजका दुबै खेल औपचारिकतामा मात्रै सिमित हुनेछन् ।