वार्ताबाट नै समस्याको समाधान खोजिनुपर्छ – अध्यक्ष यादव

फागुन ३०,पर्सा -मधेसी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले वार्ता र सहमतिबाट नै मुलुकको राजनीतिक समस्या समाधान होस् भन्ने पक्षमा आफूहरु रहेको बताएका छन् । मधेसी पत्रकार समाज, पर्साले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा आफ्ना धारणाहरु राख्दै अध्यक्ष यादवले वार्ताका लागि भने खासै ठोस प्रयास र पहल नभइरहेको बताए ।

उनले आफूहरु सार्थक र परिणाममुखी वार्ताको पक्षमा रहेको बताउँदै दलहरुका बीचमा सहमति नभए आन्दोलनमा उत्रने चेतावनी दिए ।  यादवले  विगतमा भएका सबै सहमतिहरु कार्यान्वयन हुनुपर्ने तथा विगतको सहमति कार्यान्वयनबिना वार्ताको पनि औचित्य नभएको समेत दोहोर्याए ।