खुल्ला भलिबल प्रतियोगितामा आज सेमिफाईनलका खेलहरु हुने

फागुन ३०,काठमडौँ-नेपाल खेलकुद महासंघ क्षेत्र नं। ३ स्याङ्जाको आयोजनामा गत सोमबारबाट स्याङ्जाको गल्याङमा जारी खुल्ला पुरुष भलिवल प्रतियोगिता अन्र्तगत आज सेमिफाईनलका खेलहरु हुने भएका छन् । आज आयोजक नेपाल खेलकुद महासंघ क्षेत्र नं। ३ र पिपलभञ्ज्याङ युवाक्लब बी बीच पहिलो र पिपलभञ्ज्याङ युवाक्लब ए र शान्तिद्विप युवाक्लब गल्याङबीच दोस्रो सेमिफाईनल खेल हुने आयोजकले बताएको छ । प्रतियोगितामा स्याङ्जासहित छिमेकी जिल्लाका गरी कुल १८ समूहको सहभागिता रहेको छ ।