चिनियाँ कम्पनीका उच्च अधिकारीले प्रम कोइरालालाई भेट्ने

फागुन ३०,काठमडौँ-पचास अर्बको लागतमा बन्न लागेको पश्चिम सेती जलविद्युत् आयोजनाको प्रमुख लगानीकर्ता चिनियाँ कम्पनी थ्री गर्जेजका उच्च अधिकारीले आज प्रधानमन्त्री सुशील कोइरालासंग भेटवार्ता गर्दैछन् । लगानि बोर्डले कुल ७ सय ५० मेगावाट क्षमताको आयोजनामा लगानी गर्न आग्रह गरेपछि हिजो चिनियाँ टोली नेपाल आएको थियो । नेपाल बसाइको क्रममा थ्री गर्जेजका बोर्ड अध्यक्ष वाङ लिन र उपाध्यक्ष बी यासियोङले प्रधानमन्त्रीका साथै अर्थमन्त्री रामशरण महत, ऊर्जामन्त्री राधा ज्ञवाली र बोर्डका कार्यकारी अधिकृत राधेश पन्तसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।