राप्रपा र राप्रपा नेपालबीचको एकता समयको आवश्यकता – थापा

फागुन २८,काठमाडौँ- राप्रपा नेपालका अध्यक्ष कमल थापाले सैद्धान्तिक हिसाबले राप्रपा नेपाल र राप्रपाबीच ठूलो मतभेद रहेपनि दुई पार्टीबीचको एकता समयको आवश्यकता भएको बताउनुभएको छ ।

राप्रपा नेपालको आज पार्टी कार्यालयमा बसेको मध्यमाञ्चलस्तरीय बैठकमा पार्टी अध्यक्ष थापाले दुई पार्टीका बिचमा सैद्धान्तिक विवाद रहेपनि मुलुकलाई एउटा बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्तिको खाँचो परेकाले राप्रपासँग एकिकरणको प्रयास अगाडि बढाइएको स्पष्ठ पार्नुभयोे ।उहाँले आफ्नो पार्टी गणतन्त्र र संघियता बिरोधी तथा राप्रपा गणतन्त्र र संघीयताको पक्षपाति भएकाले सैद्धान्तिक हिसाबले दुई पार्टीबीच मिलन विन्दु नदेखिएपनि बलियो वैकल्पिक शक्ति निर्माणका लागि एकता अनिवार्य भएको बताउनुभयो ।राप्रपा नेपाल र राप्रपाले पार्टी एकिकरणको पहलस्वरुप हिजो पहिलो चरणको वार्ता गरेका थियो ।

राप्रपा नेपालका अध्यक्ष थापाले सैद्धान्तिक मतभेदका वाबजुद राष्ट्रियता, प्रजातन्त्र र उदारवाद पार्टी एकीकरणको आधार भएको बताउनुभयो । अध्यक्ष थापाले एकताका नाममा पार्टीले आफ्नो एजेण्डा छोडेर गणतन्त्र स्वीकार नगर्ने बताउनुभयो । उहाँले पार्टीले संवैधानिक राजतन्त्र र धर्म्निरपेक्षताको अडान नछोड्ने तर दुई पार्टीबीच एकीकरण हुने अवस्था आए राप्रपाका एजेण्डाको सम्मान गर्ने स्पष्ठ पार्नुभयो ।