मानसिक सन्तुलन गुमाएकी युवती बलात्कृत

फागुन २६ , कञ्चनपुर – कञ्चनपुरमा मानसिक सन्तुलन गुमाएकी युवती बलात्कृत भएकी छिन् । दैजी वडा नम्वर ४ वगुनकी १८ वर्षिय मानसिक सन्तुलन गुमाएकी युवती बलात्कारमा परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता अविनारायण काफ्लेले बताउनुभयो । काफ्लेका अनुसार बेलुका ५ वजे वगुनकै दिपेन्द्र भट्टले उनको बलात्कार अनुसन्धान बाट खुलेको छ ।२८ वर्षीय भट्टले घरमा कोही नभएको मौका पारेर उनको बलात्कार गरोक थिए् । बलात्कार गर्ने भट्टलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले पक्राउ गरी हिरासतमा राखेको छ ।