जापानमा चक्कु प्रहार गरी ५ जनाको हत्या

फागुन २६ , काठमाडौं – जापानको पश्चिमी सहर सुमोटोमा चक्कु प्रहार गरी ५ जनाको हत्या गरिएको छ । घटनामा संलग्न ४० वर्षीय एक बेरोजगार व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

टैटसुहिको हिरानो नामधारी उक्त व्यक्तिले हत्यामा आफ्नो संलग्नता स्वीकारेको छ । हत्याको कारण भने खुलेको छैन ।एकै घरबाट दुई महिला र एक पुरुषको शव फेला परेको प्रहरीले जनाएकहो छ । सोही घरको छिमेकमा अर्का एक दम्पतीको शव मिलेको बताइएको छ । एजेन्सी