गच्छदार फकाउँदै कोइराला, बालुवाटारमा गोप्य भेट

फागुन २६ , काठमाडौं – प्रधानमन्त्री सुशील कोइराला र मधेसी जनाधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारवीच मंगलबार बिहान गोप्य भेटवार्ता भएको छ ।

धानमन्त्रीको सरकारी निवास बालुवाटारमा मंगलबार बिहान भएको भेटवार्तामा संविधान लेखनको प्रक्रिया, राजनीतिक गतिरोध, संविधानका विवादित विषयका बारेमा छलफल भएको बालुवाटार स्रोतले जनाएको छ ।

आन्दोलन तुहाउने षडयन्त्र भइरहेको भन्दै मधेसी मोर्चाबाटै आलोचित हुँदै आएका गच्छदारको भेटलाई संकास्पद रुपमा हेरिएको छ । एमाओवादी नेतृत्वको तीस दलीय मोर्चामा सहभागी भए पनि गच्छदारले गतिरोध अन्त्यका लागि केही लचिलो भएर प्रस्तुत हुँदै आएका छन् । संघीयताको विवाद मिलाउन विज्ञ समिति गठन गर्ने र मिलेका विषयमा सहमति गरी संविधान जारी गर्ने भनि माघ ८ अघि नै गच्छदारले मध्यमार्गी प्रस्ताव राखेका थिए ।