शाहरुख खान आइपुगे काठमाडौंमा

फागुन २५, काठमाडौं – बलिउड सुपरस्टार शाहरुख खान नेपाल आएका छन् । बलिउडमा ‘किंग खान’ले चर्चित शाहरुख सोमबार दिउँसो काठमाडौं आइपुगेका हुन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएलगत्तै अभिनेता शाहरुखले आफू काठमाडौं आइपुगेको ट्वीटरमा उल्लेख गरेका छन् ।

कान्साइ नेरोल्याक पेन्ट्सको काठमाडौंमा हुने कार्यक्रममा सहभागी हुन शाहरुख नेपाल आएका हुन् । शाहरुख कान्साइ नेरोल्याक पेन्ट्सको ब्रान्ड एम्बेस्डर हुन् ।

होटल ह्यात रिजेन्सीमा हुने कार्यक्रममा शाहरुख सहभागी हुनेछन् । उनी मंगलबार भारत फर्कने कार्यक्रम रहेको छ ।