विमानमा बिस्फोट गराएको भए समय र खर्च कम हुन्थ्यो

फागुन २४, काठमाडौँ – मुख्यसचिव लीलामणी पौडेलले चार दिन अन्तर्राष्ट्रिय उडानरअवतरण अवरुद्ध हुँदा ८ अर्व रुपैंयाँ बराबरको क्षति भएको बताएनु भएको छ । सरकारको आधिकारीक धारणा नआएका बेला मुख्यसचिव पौडेलले ८० हजार यात्रु प्रभावित भएको अनुमान गर्दै एक जनाको एक हजार अमेरिकी डलर खर्च हुँदा ८ अर्व नेपाली रुपैंयाँ बराबरको क्षति भएको हुनसक्ने बताउनु भएको हो। टर्किस एयरलाइन्सको विमानमा बिस्फोट गराउन पाएको भए कम समय र खर्चमा विमानस्थल खुलाउन सकिने मुख्य सचिव पौडेलले बताउनुभयो । उहाँले टर्किस एयरले विमानमा क्षति हुन नहुने दबाब दिएका कारण सुरक्षित तरिकाले तान्दा ४ दिन लागेको बताउनुभयो । यसैबीच

नेपाली आकाशमा आज दिनभरि नै हवाइ जाम भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल व्यस्त भएपछि अवतरणका लागि पालो पर्खने क्रममा आकाशमा जाम भएको हो ।आकाशमा एउटा जहाजले न्यूनतम ४० मिनेटदेखि अधिकतम डेढ घण्टासम्म फन्को मारेर बस्नुपरेको छ । लामो समय फन्को मारेर बस्दा पनि अवतरण गर्न नपाएपछि एयर अरेविया र एयर एशिया डाइभर्ट भएका छन् ।विमानस्थल स्रोतका अनुसार एयर अरेबिया भारतको लखनउ डाइभर्ट भयो भने एयर एशिया कोलकाता डाइभर्ट भएको छ । लामो समय आकाशमा होल्ड हुँदा इन्धन सकिन थालेपछि जहाजलाई डाइभर्ट गरिएको हो । दुबै जहाज बेलुका काठमाडौं आउने तालिका छ ।दिनभरजसो आकाशमा एक पटकमा पाँचदेखि आठवटासम्म जहाजहरु होल्ड हुन पुगेका छन् । दुर्घटनाग्रस्त टर्किस एयरका कारण विमानस्थल चार दिनसम्म बन्द हुँदा एयरलाइन्सहरुले उडान बढाउँदा यस्तो अवस्था आएको हो ।विमानस्थल कार्यालयलाई जहाज उडान अवतरण गराउन हम्मे(हम्मे परिरहेको छ । विमानस्थलमा जहाज पार्किङ स्थलको अभावले पनि जहाजलाई धेरै समय आकाशमा होल्ड गरेर राख्नुपरेको हो ।त्रिभुवन विमानस्थलमा ९ वटा जहाज पार्किङ गर्न मिल्छ । दिनभरी नै आकाश मात्र होइन, विमानस्थलको पार्किङ र ट्याक्सी वे जहाजलाई पार्किङ स्थल लैजाने बाटो’ मा पनि ट्राफिक जाम हुन पुग्यो ।अवतरण गरेका जहाज पार्किङमा नअटाएपछि ट्याक्सी वेमा पनि केही बेर राख्नुर्पयो । विमानस्थल कार्यालका अनुसार अवतरण गरेको जहाजलाई ट्याक्सी वे मा २०र२० मिनेट रोक्ने, पार्किङमा भएको जहाजमा यात्रु भरेर धावन मार्ग्तिर पठाएपछि ट्याक्सी वे बाट जहाज पार्किङ स्थल लैजाने काम भइरहेको छ ।विमानस्थलमा कतिपय बेलामा एकै पटक १४र१५ वटासम्म जहाज अवतरण गराउनुपर्दा ट्याक्सी वे मा समेत ५र६ वटा जहाज अडाएर राख्नुर्पयो ।