शान्ति मन्त्रालयको कार्यदल पूर्वमा

फागुन २४, विराटनगर -द्धन्द्धबाट प्रभावित भएकाहरुको विवरण संकलन र द्धन्द्धपिडितलाई राहत दिने विषयमा अध्ययन गर्न शान्ति मन्त्रालयको कार्यदल पूर्वका जिल्लामा पुगेको छ । मोरङ, सुनसरी, झापा, सिरहा, सप्तरीलगायत  जिल्लामा पुगेर कार्यदलले द्वन्द्व प्रभावित ब्यक्तिहरुको छुट नामावली संकलन गरी स्थानीय स्तरमा परेका निवेदन समेतका आधारमा विवरणलाई अन्तिम रुप दिने तयारी गरेको हो ।

कार्यदलले विवरण संकलन र प्रशोधनपछि राहत दिनका लागि सरकारलाई सुझाव दिने छ । कार्यदलका प्रवक्ता रामचन्द्र घिमिरेका अनुसार सशस्त्र द्वन्द्व सुरु भएको २०५२ फागुन १ गतेदेखि शान्ति सम्झौता भएको २०६३ पुस ५ गतेसम्मको अवधिमा भएका द्वन्द्वपीडितको विवरण संकलन र अद्यावधिक गर्न लागिएको हो ।