उपनिर्वाचनमा शर्मा एमाओवादी उम्मेदवार पक्का

फागुन २४, काठमाडौं-बागलुङ क्षेत्र नं १ को उपनिर्वाचनमा एमाओवादीले प्रवक्ता दीनानाथ शर्मालाई उम्मेदवार बनाउने भएको छ । कांग्रेसका सभासद् हरिबहादुर खड्काको निधन भएपछि रिक्त पदमा शीर्ष ३ दलको प्रतिष्पर्धा हुने भएको हो ।

चैत २८ गते हुने उपनिर्वाचनका लागि एमाओवादीले प्रवक्ता शर्मालाई पार्टीका तर्फबाट उम्मेदवार बनाउने निर्णय शनिबार गरेको हो ।
सभासद् खड्काको निधन भएपछि निर्वाचन आयोगले बागलुङ १ मा चैत २८ मा उपनिर्वाचन गर्ने तालिका यसअघि नै सार्वजनिक गरिसकेको छ ।