टर्किस एयरलाइन्सको विमान काठमाडौंमा दुर्घटना,४ जना घाइते

फाल्गुन २०, काठमाडौं-टर्कीको इस्तानबुलबाट काठमाडौं आएको टर्किस एयरलाइन्सको विमान बुधबार  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा  अवतरण गर्ने क्रममा विमानको पाँग्र नखुलेका कारण सामान्य दुर्घटनामा परेको छ । बाक्लो हुस्सुको कारण अत्यन्तै कमजोर भिजिबिलिटी तथा पटक पटक विजमानलाई आकाशमा नै उडाएर ल्याण्ड गराउन खोज्दा पनि विमानमा समस्या आएपछि विमान धावनमार्ग छोडेर घाँसे मैदानमा पुगेको अन्तराष्ट्रिय विमानस्थलले जनाएको छ ।

दुर्घटनाबाट ४ जना घाइते भएका छन् भने विमानको अगाडीको भाग भुईमा जोतिएपनि ईन्जीन क्षतीग्रस्त भएको छ । जहाज रन वे छोडेर नेपाल आयल निगमको तेल भण्डारण गर्ने ट्यांकी नजिक पुगेको थियो । आपतकालिन अवतरण लगत्तै विमानको इमरजेन्सी ढोका खोलेर सबै यात्रुलाई बाहिर निकालिएको थियो । जहाजमा २ सय ४८ जना यात्रु सबार थिए । जहाज अहिले पनि चौरमा छ ।