फाइभ जी इन्टरनेटबाट १ सेकेन्डमा ३० फिल्म डाउनलोड गर्न सकिने

फागुन १८,काठमाडौँ-लन्डन—तपाइँ इन्टरनेटबाट डाउनलोड गरेर फिल्म हेर्न सौखिन हुनुहुन्छ भने खुशीको खबर छ। वैज्ञानिकहरुले फोर जी भन्दा ६५ हजार गुणा तीव्र गतिको इन्टरनेट प्रविधि फाइभ जी विकास गरेका छन्। फाइभ जीमा प्रविधिको इन्टरनेटबाट एक सेकेन्डमा ३० फिल्म डाउनलोड गर्न आँकलन अनुसन्धानकर्ताको छ।
युनिभर्सिटी अफ सुरेका वैज्ञानिकहरुले फाइभ जी इन्टरनेटको स्पिड १२५ गिगाबाइट प्रतिसेकेन्ड मापन गरेका छन्। वायरलेस प्रविधिको यो स्पिड अहिलेसम्मकै सबैभन्दा बढी हो। यसभन्दा अघि यस्तो इन्टरनेटको यस्तो तीव्रता अप्टिकल फाइबरमा मात्र सम्भव थियो। अफकमले सुरुमा फाइभ जीले १० देखि ५० गिगाबाट प्रतिसेकेन्ड मात्र डेलिभर गर्न सक्ने अनुमान गरेको थियो। पछिल्लो अनुसन्धान परिणाम त्योभन्दा आश्चर्यजनक फरक एवं धेरै पाइएको हो।

वैज्ञानिकहरुले सन् २०१८ मा सार्वजनिक स्थानमा फाइभ जीको परीक्षण सुरुवात हुनेछ। वेलायतको अफकम कम्पनीकाअनुसार सन् २०२० मा फाइभ जी वेलायतमा व्यवसियक रुपमा सुरु गरिनेछ।

फाइभ जीले आर्थिक कारोबारमा ठूलो अर्थ अनुमान गरिएको छ। स्मार्टफोनहरुमा होलोग्राफिक गेम रियल टाइममा खेल्न सम्भव हुने एवं इन्टरनेटबाट गरिने फाइनान्सियल कारोबारको ढिलाइलाई उल्लेख्य रुपमा सुधार गर्ने आशा गरिएको छ।