विपक्षी नेताको हत्या भएपछि तनाव

रुस -विपक्षी नेता बोरिस नेम्त्सोभको हत्या गरिएपछि राजधानी मस्कोमा तनाव सृजना भएको छ । हजारौं मानिसले नेम्त्सोभप्रति श्रद्धाञ्जली व्यक्त गरिरहेका छन् । सरकार विरोधी ‍¥याली आयोजना भइरहेको बेला दुई दिनअघि विपक्षी दलका नेताको हत्या गरिएको थियो । उहाँ राष्ट्रपति भ्लादिमीर पुटिनका कट आलोचक मानिनुहुन्यो । लोकप्रिय नेताको हत्यापछि अनेक प्रतिक्रिया उत्पन्न भएको छ । यूक्रेनमा जारी युद्धविरुद्ध आइतवार ‍¥याली निकाल्ने घोषणा गरेलगत्तै नेम्त्सोभको हत्या गरिएको थियो ।