इङ्ल्याण्डद्धारा श्रीलंका ९ विकेटले पराजित

फागुन १७,काठमाडौँ-विश्वकप क्रिकेटअन्तर्गत श्रीलंकाले इङ्ल्याण्डमाथि सानादार जीत हात पारेको छ । न्यूजिल्याण्डको वेलिङ्टनस्थित वेस्टप्याक रंगशालामा भएको खेलमा श्रीलंकाले ९ विकेटको फराकिलो अन्तरको जीत दर्ता गराएको हो । जीतपछि श्रीलंकाको क्वाटरफाइनलको यात्रा बलियो भएको छ । आयोजक न्यूजिल्याण्ड अन्तिम आठमा पुगेको छ भने चार खेलमा ३ खेल जित्दै ६ अंक जोडेको श्रीलंकालाई अन्तिम आठमा पुग्न बाँकी दुई खेल मध्ये एकमा जीत हात पार्नुपर्नेछ ।  टस जितेर पहिले ब्याटिङ गरेको इङ्ल्याण्डले निर्धारित ५० ओभर पूरै खेल्दै ६ विकेट गुमाएर ३०९ रन जोड्यो ।