चिलिमे विद्युतगृह बन्द

फागुन १७ , रसुवा  रसुवास्थित चिलिमे जलविद्युत् केन्द्रको राष्ट्रिय प्रसारण लाइन अवरुद्ध हुँदा स्याफ्रुबेँसीमा उत्पादित २२ मेगावाट क्षमताको विद्युतगृह बन्द भएको छ । सो केन्द्रका प्रमुख राजकुमार बलालका अनुसार हिजो देखि धैबुङ इलाका क्षेत्रको ५१ नं टावरमा एक्कासी तार चुँडिएर विद्युत् गृह बन्द भएपछि मर्मतको प्रक्रिया अगाडि बढाइएको छ । विद्युत् गृह बन्द भएका कारण सदरमुकामलगायत उत्तरी रसुवाका बासिन्दा बत्ती उपभोग गर्नबाट बञ्चित भएका छन् । विद्युत गृह कति बेला संचालनमा आउछ त्यसको पनि यकिन छैन ।