एसिड प्रहार गर्ने अभियुक्त पक्राउ नपर्दा पिडित परिवार तनावमा

फागुन १६, काठमाडौँ – काठमाडौँमा ट्युसन पढीरहेका दुई छात्रालाई एसिड प्रहार गर्ने अभियुक्त पक्राउ नर्पदा युवतीहरु मात्रै होइन उनको परिवार समेत गहिरो तनाबमा परेको छ । दुई छात्रालाई एसिड प्रहार भएको घटनाको एक साता बित्न लाग्दासमेत अपराधी पत्ता लगाउन सकिएको छैन । घटनामा संलग्नलाई प्रहरीले पक्राउ गर्न नसक्दा पीडित बालिका र उनीहरुका अभिभावकको पीडा झनै बढेको छ ।

अपराधी पक्राउ गरी पीडित बालबालिकालाई न्याय माग गर्दै विभिन्न पक्षबाट दैनिक ¥यालीलगायतका कार्यक्रम भइरहेका छन् । नागरिक समाज, विद्यार्थी संगठनलगायतले दैनिक अपराधीलाई पक्राउ गर्न माग गर्दै प्रदर्शन गरिरहेका छन् । सरकारले अपराधी अपराधी खोजीमा बेवास्ता गरिरहेको उनीहरुको आरोप छ ।

साथी संस्थाकी अध्यक्ष वन्दना राणा राज्यका तर्फबाट वक्तव्य नआउनुले जिम्मेवार नभएको देखाएको बताइन् । उपत्यकामा सार्वनजिक रुपमै एसिड प्रहार भएको यो पहिलो घटना हो । घटनाबारे छानबिन गर्न समिति बने पनि अझैसम्म प्रगति हुन सकेको छैन ।