बन्दुकधारीको आक्रमणबाट ८ जनाको मृत्यु

अमेरिका-अमेरिकाको मिसौरी प्रान्तमा एक बन्दुकधारीको आक्रमणबाट ८ जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् । मिसौरीको टायरोन क्षेत्रमा गोली चलेको हो । बन्दुकधारीले सर्बसाधारणलाई लक्षित गरी अन्धाधुन्द गोली चलाएका थिए । त्यसपछि उनले आफैलाई गोली हानेर आत्महत्या गरेको प्रहरीले  जनाएको छ । आक्रमणकारीको पहिचान नभएको र आक्रमण गर्नुको कारण पनि नखुलेको स्थानीय प्रहरी अधिकारीहरुले जानकारी दिएका छन् ।