भट्टराई भोली दिल्ली जाँदै, भ्रमणमा राष्ट्रपति मुखर्जीलाई भेट्ने

फागुन १५, काठमाडौं-एमाओवादीका नेता बाबुराम भट्टराई   भोली भारत भ्रमणमा निस्किने भएका छन् । भ्रमणको अवसरमा उनले भारतीय राष्ट्रपति सहित बरिष्ठ नेताहरूलाई भेट्ने भएका छन्। भट्टराई निकट स्रोतले दिएको जानकारी अनुसार प्रवण मुखर्जीसँग भेट्ने तय भए पनि अन्य नेतासँगको समय मिलिसकेको छैन।

काठमाडौंमा एमाओवादी नेतृत्वमा ‘पहिचानवादी’ दलहरुको बृहत आमसभालाई सम्वोधन गरेर भट्टराई भारतीय राजधानी दिल्ली तर्फ प्रस्थान गर्ने कार्यक्रम छ। त्यसपछि १७ गते भट्टराईले भारतीय शहर मुम्बइमा पार्टीको प्रवासका कार्यकर्तालाई सम्वोधन गर्नेछन्।

भट्टराईको भ्रमणको उदेश्यबारे पार्टीले खुलाएको छैन। पार्टी नेताहरुले भट्टराईले १७ गते पार्टीको प्रवासमा रहेका कार्यकर्ताको कार्यक्रममा सम्वोधन गर्न भ्रमण हुन लागेको बताएका छन्। उनको भ्रमणलाई काठमाडौँमा विशेष चाखपूर्ण रुपमा हेरिने भएको छ ।