श्रीलंकाद्वारा अफगानिस्तान ४ विकेट पराजित

फागुन १०,काठमाडौँ- विश्वकप क्रिकेट अन्तर्गत आइतबार भएको पहिलो खेलमा श्रीलंकाले अफगानिस्तानलाई ४ विकेटले हराएको छ । जितका लागि पाएको २ सय ३३ रनको लक्ष्य श्रीलंकाले खेल सकिन १० बल बाँकि छँदै ६ विकेट गुमाएर भेट्टायो ।

जारी प्रतियोगितामा यो श्रीलंको पहिलो जित हो भने अफगानिस्तानको दोश्रो हार हो । श्रीलंकालाई जिताउन महेला जयबद्र्धनेले शतक पुरा गरे । यस्तै एन्जेलो म्याथुजले ४४ रन बनाएपछि श्रीलंकाको जितको आधार खडा भयो । जयबद्र्धने र म्याथुज आउट भएपछि पुन धर्मराएको श्रीलंकाको इनिङलाई तिसरा परेराले ४७ रनको योगदान गर्दै सम्हालेका थिए ।
यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएकोे अफगानिस्तानले ४९ दशमलव ४ ओभरमा सबै १० विकेट गुमाउँदै २ सय ३२ रन बनाएको थियो । अफगानिस्तानका असघर स्टानिक्जाइले ५४ तथा समिउल्लाह सेनवारीले ३८ रनको योगदान गरे ।