यही सरकारले संविधान जारी गर्ने भएकाले परिवर्तनको संभावना छैन : माधवकुमार नेपाल

फागुन १०,काठमाडौँ- नेकपा एमालेका वरिष्ठ नेता तथा पुर्वप्रधानमन्त्री माधवकुमार नेपालले हालको सरकार परिवर्तन नभई विस्तार हुने संभावना भने प्रवल रहेको बताएका छन् ।

विपक्षी दलहरुसँग सहमतिको सम्भावना बढ्दै गएको बताएका नेपालले आज प्रेस चौतारी कैलालीले आयोजना गरेको कार्यक्रममा बोल्दै यही सरकारले नै संविधान जारी गर्ने भएकाले परिवर्तन हुने झिनो पनि संभावना नभएको दोहोर्याएका हुन् ।

उनले आफूले एनेकपा माओवादी सहितको मोर्चाका नेताहरुसँग छलफल गर्दा सहमतिका लागि सकारात्मक सङ्केत देखापरेको समेत दाबी गरे ।

नेता नेपालले एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल, मधेशी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजय गच्छदार, तमलोपा अध्यक्ष महन्थ ठाकुरलगायतका नेताहरुसँग छलफल गरेको पनि जानकारी दिए ।