सदस्य मनोनयन र कार्यविभाजनमा एमालेले छलफल गर्दै

फागुन १०,काठमाडौँ- नेकपा एमालेको स्थायी कमिटि बैठक आज पनि बस्ने भएको छ ।मध्यान्ह १२ बजेपछि पार्टी केन्द्रिय कार्यालय बल्खुमा बैठक बस्न लागेको हो । आजको बैठकमा दश प्रतिशत केन्द्रिय सदस्य मनोनयन र कार्य विभाजनको टुंगो लगाउने गरी छलफल हुने एमालेले जनाएको छ ।

केन्द्रिय सदस्य मनोनयन र कार्य विभाजनको विवाद चर्कदै गएपछि स्थागित भएको बैठक आज फेरी बस्न लागेको हो । आजको बैठकमा महासचिव ईश्वर पोखरेलको कार्य विभाजन र मनोनयनको प्रस्तावमा सहमतिका लागि प्रयास गरिने भएको छ ।
पोखरेलको प्रस्तावमा नेता माधवकुमार नेपाल पक्षले असहमति जनाएपछि विवाद हुँदै आएको छ । एमालेमा एक पद एक जिम्मेवारीको निति कार्यान्वयन गर्नुपर्ने मागसँगै संस्थापन पक्ष र नेता नेपाल पक्षबीच कुरा नमिल्दा समस्या भएको हो ।