स्वाइनफु नेपालमा पनि प्रबेश गरेको आसंका

फागुन १०,काठमाडौँ- छिमेकी मुलुक भारतमा ८ सय जनाको ज्यान लिई सकेको स्वाइनफु नेपालमा पनि प्रबेश गरेको आसंका भए पनि नेपाल सरकारले भने कुनै सतर्कता अपनाएको छैन । खुल्ला सिमानाको कारण नेपाल स्वाइनफ्लुको उच्च जोखिममा छ ।

दिल्लीबाट फर्किएका दुईजनामा स्वाइन फ्लुको संक्रमण देखिएको बुझिएपनि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले यसलाई गोप्य राखेको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता पदमबहादुर चन्दले सुरक्षाको उपायबारे ठोस तयारी नभए पनि उपचारको व्यवस्था मिलाइने बताउनुभयो । रोग भित्रिहाले निजी तथा सरकारी अस्पतालमा उपचारको व्यवस्था मिलाइने चन्दले बताउनुभयो ।

एकप्रकारको रुघाजस्तै लक्षण देखिने यो रोग हावाको माध्यमबाट एकअर्कामा सर्दछ । भिडभाडमा नजान, बाहिर निस्किँदा नाकमुख छोपिने मास्क प्रयोग गर्न र रुघा लाग्ने बित्तिकै स्वास्थ्य संस्थामा जाँच गराउन चिकित्सकहरुले सुझाव दिएका छन् ।