प्रमुख राजनीतीक दलहरु विच कुरा मिल्न नसक्दा संविधान निमार्णको काम अन्यौलमा

फागुन १०,काठमाडौँ- प्रमुख राजनीतीक दलहरु विच कुरा मिल्न नसक्दा संविधान निमार्णको काम अन्यौलमा परेको छ । संविधान निमार्णको काम अगाडि बढाउँने संविधान सभा समेत अनिश्चीतकालका लागी मौन रहे पछि संविधान निमार्णमा झनै अन्यौलता छाएको हो । माघ ११ गते एक तर्फी रुपमा सत्ता पक्षले संविधान निमार्णमा प्रक्रिया अपनाए सँगै रुष्ट बनेको प्रतिपक्ष आन्दोलनको तयारीमा जुटेका छन् ।

वार्तामा बस्ने प्रधानमन्त्रिको औपचारीक आह्वान अस्वीकार गर्दै आएका एमाओवादी नेतृत्व मोर्चाले आगामी १६ गते घोषणा गरिएको आन्दोलनको तयारीलाई तिब्र बनाएको छ । प्रक्रियालाई पुर्ण रुपमा खारेजिको माग गर्दै आएको मोर्चाले विभिन्न चरणको आन्दोलनलाई जारी पनि राखेको छ । प्रधानमन्त्रि सुशिल कोईरालले शुक्रबार औपचारीक रुपमा दोस्रो पटक वार्ताको आह्वान गर्नु भएको भोली पल्ट मोर्चाले छलफल गरी वार्ता नभई आन्दोलनलाईनै प्राथमीकता दिने निणर्य गरेको छ । प्रधानमन्त्रिको आह्वानलाई आन्दोलन तुहाउँने षडेन्त्रको संज्ञा दिएको मोर्चाले कुनै पनि हालतमा आन्दोलन नतुहिने दावि गर्दै आएको छ । संविधानका विवादीत विषयमा प्रश्नावली तयार गरी मतदानको अवस्थामा पुगेको संविधानसभाको बैठक दलहरुको सहमतीकै प्रतिक्षामा माघ २९ गते देखि अनिश्चीतकालका लागी स्थागित रँदै आएको छ ।