लामिछानेले पाए भारतको उच्च पदक

फागुन ६,काठमाडौँ -भारतीय राष्ट्रपति प्रणवमुखर्जीले नेपाल स्काउटका पूर्व प्रमुख एवम् विश्व स्काउटका एसिया–प्रशान्तक्षेत्रीय समितिका प्रथम उपाध्यक्ष श्रीराम लामिछानेलाई भारतीय स्काउटको सर्वोच्च पदकले विभूषित गरेका छन्।

राष्ट्रपति मुखर्जीले  नयाँ दिल्लीस्थितराष्ट्रपति भवनमा आयोजित विशेष समारोहमा भारत स्काउट तथा गाइड्स एसोसिएसनको सर्वोच्च पदक सिल्भर एलिफेन्ट(चाँदीको हात्ती) बाट विभूषित गरेका हुन्। उनले नेपाल र विशेषगरी एसिया–प्रशान्त क्षेत्रमा नैस्काउटको विकासमा पुर्याएको योगदानको कदरस्वरुप सो सम्मान प्रदान गरिएकोभारतीय स्काउटले जनाएको छ।

सिल्भर एलिफेन्ट स्काउटको उच्च पदक हो र यो पदक पाउने लामिछाने पहिलो नेपाली हुन । उनले यसअघि पनि एसिया तथा प्रशान्तक्षेत्रका विभिन्न देशबाट यस्ता उच्च पदक प्राप्त गरेका छन ।